२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ



२३ फागुन ०७८, भक्तपुर । आफ्नै ६० वर्षीया श्रीमतीलाई नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्यबिनायक नगरपालिका-४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुभाजुले आफ्नै श्रीमतीलाई कुटपिट तथा केमिकल प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।