९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा स्टिमेटभन्दा १३ लाख कम बजेटमा बन्यो पाटी



२३ फागुन ०७८, भक्तपुर । भक्तपुर नगर ३ मा रहेको एउटा सार्वजनिक पाटी स्टमेट भन्दा १३ लाखमा थोरै बजेटमा पुर्ननिर्माण सम्पन्न भएको छ ।। नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जानकारी दिए ।
पाटी पुनर्निर्माणका लागि ३७ लाख १० हजार २८७ रुपैयाँ लागत स्टिमेट भएको उनले स्मरण गरे । उपभोक्ता समितिमार्फत काम भएकाले लागत स्टिमेटभन्दा कम खर्च हुने गरेको उनले बताए ।
पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो ।
यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो
नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचना स्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाए ।
भक्तपुर नगरपालिका ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताए । कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गरे ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : १९ बजे