७ चैत्र ०७८,ललितपुर । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन ललितपुरको अधिवेशनले शिवजी थापाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको गरेको छ ।
कमिटिका उपाध्यक्षहरुमा भगिरथ केसी र प्रेम बहादुर पौडेल चयन भएका छन् भने सदस्यहरुमा कान्छे सुनार, राजेश खत्री,कुमार थापा, रामकृष्ण थापा,राम बहादुर श्रेष्ठ र भैरव बहादुर खड्का सर्वसम्मत रुपमा चयन भएका छन । १ सचिव, २ सहसचिव र १ कोषाध्यक्ष नयाँ कार्यसमितिको पहिलो बैठकले चयन गर्ने पाँचौ राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटिका सहसंयोजक तथा निवर्तमान महासचिव मिठाराम केसीले ललितपुर खबरलाई बताए ।
नेकपा एमालेको जनसंगठनको रुपमा स्थापित यस संगठनलाई शुभकामना दिदै ललितपुर एमाले अध्यक्ष पुरुषेत्तम आचार्यले नयाँ नेतृत्वले ललितपुरका पार्टीको संगठन विस्तारमा सहयोगी हुने बताए ।
एमाले पोलिटव्युरो सदस्य तथा संगठनका इन्चार्ज आनन्दप्रसाद पोखरेलले अवकाशपछि पुर्व सेना तथा पुर्व प्रहरीले धेरै का मगर्न सक्ने बताए । उनले भने,पार्टीमा रहेर देशको सेव ागर्न तयार हुनुस् ।
मूल आयोजक कमिटिका सहसंयोजक तथा निवर्तमान महासचिव मिठाराम केसीले नेतृत्वले आफ्नो हकहितको लागि सहयोगी हुन आह्वान गरे ।
७ चैत्र २०७८, सोमबार
0
Shares
प्रतिक्रिया