२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्थानीय निर्वाचनका लागि ललितपुरमा ३१ दल दर्ता



काठमाडौं । चैत ७ गते
स्थानीय निर्वाचनमा भाग लिनका लागि जिल्ला निर्वाचन कार्यालय ललितपुरमा ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् । जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताउनु भएको छ । उहाँले मतपत्र छाप्न र निर्वाचन प्रकृया सझिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको जानकारी दिनु भएको छ । उहाँका अनुसार आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।

सूचना अधिकारी शर्माका अनुसार ललितपुरमा नमूना मतदान कार्यक्रम पनि हुनेछ । सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम्सेवकहरु खटाउन पनि बाँकी नै छ ।निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ । मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : २६ बजे