१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


छैटौँ औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला भक्तपुरमा



१० चैत्र ०७८, काठमाडौं ।छैटौँ औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८–०७९ भक्तपुरमा हुने भएको छ । मेला सल्लाघारी तीनकुनेमा हुनेछ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो । मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए ।

उनले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाए ।मेलामा २०० भन्दा बढी स्टल राखिने जनाइयो । स्टलको साइज अनुसार कम्तीमा ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाईसमेत स्टल उपलब्ध गराइने जनाइयो । मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।