
१६ चैत्र ०७८, काठमाडौं । जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका( ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।प्रहरीले गुरुङको साथबाट १०–१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
गुरुङलाई बेसीसहर नगरपालिका७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया