२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नख्खु खोलामा पुरुषको शव, खुल्न सकेन पहिचान



१७ चैत ०७८,  ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोस्थित नख्खु खोलामा एक व्यक्तिको शव फेला परेको छ।

बिहीबार बिहान नाम, थर र ठेगाना नखुलेका व्यक्तिको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

करिब ५५ वर्षको जस्तो देखिने ती पुरुषको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।