
१८ चैत्र ०७८, काठमाडौं । सर्लाहीमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी एक बालिकाको मृत्यु भएको छ । बागमती नगरपालिकामा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा बागमती नगरपालिका–७ राजघाट निवासी रविलाल परियारकी १७ वर्षीया छोरी सुमित्रा परियार रहेको प्रहरीले जनाएको छ ।
आज मध्यान्ह बागमती नपाको राजघाटअन्तर्गत नेमी चोक नजिक घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा उत्तरतर्फ जाँदै गरेकी परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिएको थियो । विद्युत् पोल बोक्ने, गाड्ने, उखेल्नेलगायत विभिन्न काममा प्रयोग हुने क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।







प्रतिक्रिया