१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौमा महिला फोटोग्राफरलाई एक दिने प्रशिक्षण




१८ चैत्र ०७८, काठमाडौं । राजधानीका महिला फोटोग्राफरहरुलाई एक दिने प्रशिक्षण दिईएको छ । काठमाडौं फोटोग्राफर संघको आयोजनामा राजधानीको बानेश्वरमा आयोजित प्रशिक्षणमा महिला फोटोग्राफरहरुको सहभागिता रहेको संघका सचिव हरिप्रसाद घिमिरेले बताए ।
कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेका अनुसार संघका अध्यक्ष डिगम्बर राजबंशीले प्रशिक्षण दिएका थिए । महिलाहरुलाई फोटोग्राफी पेशामा आर्कषण गराउनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको घिमिरेले बताए । उनका अनुसार प्रशिक्षण निःशुल्क प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।