१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपचाररत बिरामीको मृत्युपछि पद्मा अस्पतालमा तोडफोड



चैत १९ गते काठमाडौं । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। अहिले अस्पताल तनावग्रस्त बनेको छ। उपचाररत गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार तोडफोडबाट अस्पतालका बाहिरको सिसा फुटेको छ।क्षतिको थप विवरण आउन बाँकी छ। आक्रशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ। डाक्टरको लापरवाहीका कारण मत्यु भएको भन्दै आक्रशित आफन्तले अस्पतालको ढुंगामुढा गरेका हुन्।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।