३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२१ चैत ०७८, काठमाडौं । बौद्धबाट   अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । बौद्ध प्लाटिङस्थित खाजा घरमा अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक घर भइ कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी खटिएको थियो ।  प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।