३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको कमलविनायकमा बिजुक्छेँद्वारा पुस्तक प्रर्दशनीको शुभारम्भ



भक्तपुरको कमलविनायकस्थित लामगालमा आरम्भ नेपालले सोमबारबाट शुरु गरेको तीन दिने पुस्तक प्रदर्शनीमा पुस्तकको अवलोकन गर्दै नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ । तस्वीर : रमेश गिरी/रासस

२१ चैत्र ०७८, भक्तपुर । भक्तपुरको कमलविनायकस्थित लामगालमा तीनदिने पुस्तक प्रदर्शनी आजदेखि सुरु भएको छ । आरम्भ नेपालले आयोजना गरेको पुस्तक प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गरेका छन् ।
कार्यक्रममा उनले भक्तपुरका कवि एवं कार्टुनिष्ट दामोदर सुवालको ‘सय कार्टुन’ नामक कार्टुन सङ्ग्रहको विमोचन गरे । प्रदर्शनीमा अध्यक्ष बिजुक्छेंँले पछिल्ला दिनहरुमा पुस्तक अध्ययनमा ह्रास आइरहेको भन्दै यस खालको पुस्तक प्रदर्शनीले नयाँ पुस्तालाई पुस्तक अध्ययन गर्न अभिप्रेरित गर्ने बताए । उनले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै पुस्तकसम्बन्धी छलफल, अन्तरक्रिया र समीक्षात्मक कार्यक्रमलाई बढावा दिनुपर्ने औँल्याए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले देश र जनताको प्राथमिकता भ्यू टावर नभई शिक्षा र स्वास्थ्य हुनुपर्नेमा जोड दिँदै पुस्तक प्रदर्शनीले मानिसमा ज्ञानको भण्डारको विकास गर्ने बताए ।
त्यस अवसरमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठ र कार्टुनिष्ट दामोदर सुवालले कार्टुनिष्टहरु सधैँ प्रतिपक्षी हुने बताउँदै नेपाली राजनीतिका विभिन्न विषयलाई कार्टुनमार्फत सचेत गर्न आवश्यक रहेको औँल्याए । आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले आगामी २३ गतेसम्म पुस्तक प्रर्दशनी हुने बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।