
२१ चैत ०७८, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जेबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५८ वर्षीय दिनेश ढुंङ्गेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया