१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन’




२३ चैत्र ०७८, वागलुङ । राजनीति सर्वोत्तम सेवा भएको बताउनुभएको छ । अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टचारीलाई राप्रपामा ठाँउ नरहेको बताएका छन् । मंगलबार बगलुङमा आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गर्दै भने “भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो ।” राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे । राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उनले बताए ।
गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने भन्दै अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पु¥याउन मतदातासँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।