१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन




२३ चैत्र ०७८, ललितपुर। आसन्न स्थानिय तहको निर्वाचनका लागि नेकपा एमाले ललितपुरले विभिन्न कमिटीलाई पूर्णता दिएको छ ।
आउँदो स्थानीय निर्वाचनका लागि चुनावी रणनीति तय गर्न नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा ललितपुर जिल्ला ईन्चार्ज सुशिला नेपालको संयोजकत्वमा १९ सय ९९ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
जिल्ला निर्वाचन परिचालन कमिटिको सचिवमा ललितपुर जिल्लाका अध्यक्ष पुरुषोत्तम आचार्य रहेका छन् । जिल्लाका केन्द्रिय सदस्य तथा केन्द्रिय विभागका सदस्य, जिल्ला सल्लाहकार कमिटि, प्रतिनिधि परिषद, पालिका कमिटि सदस्यहरु, वडा कमिटि पदाधिकारीहरु, जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटिका सदस्यहरु, उद्यमी व्यावसायी तथा संघसंस्थामा आवद्ध समाजसेवी तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरु रहने निर्णय गरेको छ ।
स्थानिय तह निर्वाचन २०७९ लाई लक्षित गर्दै जिल्ला निर्वाचन परिचालन कमिटिसहित आर्थिक, प्रचार प्रसार र प्रतिवद्धता तयार उपसमितिसमेत गठन गरिएको हो ।
प्रदेश कमिटि सदस्य बाबुकाजी प्रधानको संयोजकत्वमा १७ सदस्यको आर्थिक उपसमिति गठन गरिएको छ । उपसमितिको उपसंयोजकमा अमृत खड्का, गम्भिर राणा, धु्रव कट्वाल, हरिगोविन्द श्रेष्ठलगायत छन् ।
चुनावी कार्यक्रमको प्रचारप्रसारको लागि १५ सदस्यिय प्रचार तथा प्रकाशन उपसमिति गठन गरिएको छ । बागमती प्रदेश कमिटि सदस्य जीवन खड्काको संयोजकत्व गठन गरिएको उपसमितीमा सहसंयोजक ब्रम्हान्द श्रेष्ठ सचिव राजेन्द्र न्यौपाने रहेका छन् । उपसमितिको सदस्यहरुमा प्रेस चौतारी आवद्ध पत्रकारहरु ईश्वरराज ढकाल, बिएम आचार्य, अशोक दुलाल, संचिता घिमिरे, सीता पोखरेल, सन्तोष दाहाल लगायत छन् ।
निर्वाचन प्रतिवद्धता तयारी उपसमितिको संयोजकमा बागमती प्रदेश कमिटि सदस्य मधुशुधन पौडेल, सुरेन्द्र मोहन शर्मा, मदन बिष्ट, शिवराज सञ्जेल, केशवराज आचार्य, डिल्ली घिमिरे, टिका ढकाल, गोपाल सञ्जेल छन् ।

सो बैठकले २४ गते बिहिवार उमेद्वारहरुको टुंगो लगाउन जिल्लाभित्र वडा कमिटिले बैठक बसी वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्नुपर्नेसमेत मापदण्ड तोकि दिएको छ । यसैगरी २६ गते नगर र गाउँपालिका कमिटिले बैठक बसी उमेद्वारहरु नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यहरुको सिफारीस सुझावसहित जिल्ला कमिटिलाई सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । ललितपुर महानगरको मेयरको टुंगो केन्द्रिय कमिटिले लगाउँने छ भने, नगरपालिका प्रमुख उपप्रमुखको प्रेदश कमिटिले र वडा अध्यक्ष र सदस्यहरुको ललितपुर जिल्लाले टुंगो लगाउने निर्णय भएको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०८ बजे