१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ अन्तिम चरणमा



२४ चैत्र ०७८,काठमाडौँ । रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । ०६९ सालदेखि निर्माण सरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तोकिएको समय सीमाभित्र निर्माणकार्य नसकेपछि दोस्रोपटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

दोस्रोपटक थपिएको समयमा काम नसकिएपछि फेरि पनि म्याद थप्ने तयारीमा लागेको आयोजनाले जनाएको छ । कुल ६।४२ मेगावाट क्षमताको आयोजनाको निर्माणकार्य वर्षाका कारण ठप्प थियो । यसअघि वर्षाका कारण असारबाट निर्माणकार्य रोकिएको थियो ।आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीका अनुसार वर्षा, नाकाबन्दी र बाढीपहिरोका कारण आयोजनाका काम पछि धकेलिएको हो ।९ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पगेको छ,’ पोजेक्ट इन्चार्ज जोशीले भने, ‘३ हजार ८ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ ।’ आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्यत् उत्पादन गर्न सक्ने बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।