१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकको ठक्करबाट झापामा मोटरसाईकल चालकको ज्यान गयो




२८ चैत ०७८, काठमाडौ । आज झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा बेलुकी ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २९ वर्षीय संयम बजगाई रहेका छन् । उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ६४ ५५ नम्बरको ट्रकले बजगाईले चलाएको बा १५ प ८२ ०२ नम्बरको मोटरसाईकललाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनि झापाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।