३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीको पानी सुरुङमा पठाइँदै, १५ दिन पछि उपत्यकामा आइपुग्ने




२८ चैत ०७८, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले मंगलबारदेखि खानेपानी सुरुङमा पठाउने तयारी गरेको छ । पुनर्निर्माणको काम सकिएसँगै फिलिङका लागि सुरुङमा पठाउन लागिएको समितिले जनाएको छ । समितिका अनुसार सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार गरिएको छ ।

गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । काठमाडौंमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ । ‘‘स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौं आइपुग्न १५ दिन लाग्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।