२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीको पानी भोलिदेखि सुरुङबाट काठमाडौं पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने




२८ चैत्र ०७८, काठमाडौं । मेलम्चीको पानी भोलिदेखि सुरुङमा हालिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।
समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए । भोलि अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ०८ बजे