
२९ चैत ०७८, काठमाडौँ । बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको छ ।सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका९२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए ।
बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो९हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनीहरूले बताएका छन् ।







प्रतिक्रिया