
२९ चैत ०७८, काठमाडौँ । ट्रकले स्कुटरलाई ठक्कर दिंदा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको छ ।सोमबार दिउँसो २.३५ बजे वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २.०३.०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चालक क्षेत्रीको टाउको, मुख, खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







प्रतिक्रिया