१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अटोमेटिक पेस्तोलसहित जनकपुरधाममा दुई जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२९ चैत ०७८, काठमाडौँ । अटोमेटिक पेस्तोलसहित धनुषाको जनकपुरधाममा दुई जना पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडानम्बर(१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज.७ प.७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।