
२९ चैत ०७८, काठमाडौँ । अटोमेटिक पेस्तोलसहित धनुषाको जनकपुरधाममा दुई जना पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडानम्बर(१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज.७ प.७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया