३० चैत्र ०७८, ललितपुर । ललितपुरको हरिसिद्दि क्षेत्रमा ललितपुर महानगरको २९ नम्बर वडाले यन्डक्सन चुलो वितरण गर्ने भएको छ । महानगरका वडाध्यक्ष गणेशकुमार महर्जनका अनुसार वैकल्पिक उर्जा केन्द्रसँगको सहकार्यमा महानगरबासीलाई ८० प्रतिशत अनुदान दिएर यो चुलो वितरण गर्न लागिएको हो ।
बोदपत्रदाताको कवोल रकम २ हजार ५ सय ९८ मध्ये हरिसिद्दिबासीले ५ सय २० रुपैया बुझाएर यो चुलो लिन सक्नेछन् । ७ दिनभित्र घरमुलीको नाम नागरिकताको प्रतिलिपि र बसाई सरेर आएको भए बसाई सराईको प्रतिलिपि बुझाएर नाम दर्ता नर्ग सहिने महानगरले जारी गरेको सूचनामा उल्येख छ ।
३० चैत्र २०७८, बुधबार
0
Shares
प्रतिक्रिया