२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै नदिए पाँच सय जरिवाना



२ वैशाख ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर वर्गीकरण गर्न फोहोर उत्पादनकर्तालाई आग्रह गरेको छ। महानगरले सूचना जारी गर्दै वैशाख १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउन) गर्न आग्रह गरेको हो।

‘जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर संकलन गर्न आउने दिन जैविक (कुहिने) फोहोरमात्रै संकलन गर्ने र अजैविक (नकुहिने) फोहोर संकलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोरमात्रै संकलन गर्ने जानकारी गराइन्छ।

यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१(थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येकपटक पाँच सय रुपैँया जरिवना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचना भनिएको छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।