९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते



३ वैशाख ०७9, काठमाडौं । शुक्रबार साँझ पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्डेङगढीमा लु १ च ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामामा गाडी मालिक ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने बालकको सनाखत नभएको र घाइतेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुलेको छैन तर तीव्र गतिको कारण बस पल्टिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।