३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते



 ४ वैशाख ०७९, काठमाडौं। रौतहटको दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु र अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ।

लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।करेन्ट लागेर घाइते हुनेमा ३५ वर्षीया सिता देवी राउत, ३५ वर्षीया अनिता देवी राउत, ६५ वर्षीया मन्तोरिया देवी, ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।