९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाँचथरको फिदिममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु



५ वैशाख ०७९, काठमाडौं। पाँचथरको फिदिममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृतयु हुनेमा फिदिम नगरपालिका–१ बुद्धचोकका पुजारीको काम गरिरहेका गोपाल ढुंगाना रहेका छन् । मदन पन्दाकको घडेरीमा घर बनाउन शुभसाइतमा पूजा गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले ढुंगानालाई पुरेको हो ।

पुरिएको ठाँउबाट निकालेर पाँचथर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । ढिस्कोले पुरिएर एक बालिकासमेत घाइते भएकी छन् । शैलेन्द्र पन्दाककी ९ वर्षीया छोरी साहिसा पन्धाक घाइते भएकी हुन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।