१० वैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसलाई आफ्नो भागमा परेको ललितपुर महानगरको प्रमुख पदको उम्मेदवार तोक्न सकस परेको छ। महानगर तथा उपमहानगरका उम्मेदवारबारे सहमति जुटाउन शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वर्तमान नगरप्रमुख (मेयर) चिरीबाबु महर्जन र प्रेमकृष्ण महर्जनले एकअर्कालाई समर्थन नगर्ने भएपछि चन्द्र महर्जनको नाम पनि यो सूचीमा थपिएको हो।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा दुवैले एकअर्कालाई समर्थन नगर्ने देखिएपछि चन्द्र महर्जनको नाममा छलफल भएको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने चिरिबाबुको नाममा जोड दिएका थिए।
प्रतिक्रिया