१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा चार वटा नगरपालिकामा ११ जनाले दिए मेयरका लागि उम्मेदवारी




११ वैशाख ०७८, भक्तपुर । भक्तपुरको चार वटा नगरपालिकाहरुमा मेयर पदका लागि पहिलो दिन आइतबार ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन जिल्लामा ११ जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यायल भक्तपुरले जानकारी गराएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा जिल्लाका ४ वटा नगरपालिकाहरुमा ११ जना प्रमुखका आकांक्षीहरुले सम्बन्धित नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका हुन् ।
भक्तपुर नगरपालिकाको निर्वाचन कार्यालयमा तीन जनाले प्रमुख, १ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने ८ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
मध्यपुर थिमि नगरपालिकाको निर्वाचन कार्यालयमा ४ प्रमुख १ उपप्रमुख १ वडाध्यक्ष र २ वडा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी चाँगुनारायण नगरपालिकामा २ प्रमुख १ उपप्रमुख २ वडाध्यक्ष र सूर्यविनायक नगरपालिकामा २ प्रमुख २ वडाध्यक्षले नाम दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जनाए । उनका अनुसार जिल्लामा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दलहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्तामा रहेका छन् ।
पहिलो दिन सतारुढ गठबन्धन, नेकपा एमाले, स्थानीयस्तमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीबाट कसैले पनि उम्मेदवारी दर्ता गराएनन् ।
पहिलो दिनमा उम्मेदवारी दर्ता गर्नेको संख्या कम भएसँगै दोस्रो दिन भीड हुने आंकलन गरिएको छ । आचारसंहिता पूरा गरी आउनेलाई उम्मेदवारी दर्ताका लागि भोलि सोमबार बिहानदेखि नै कर्मचारी परिचालन गरिएको उनले बताए । भीड हुन नदिन कार्यालय समय अगाडिबाटै दर्ता प्रकृया थाल्न पनि तयार भएको उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।