२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको वागमतीबाट काँग्रेसका निर्वाचित वडाध्यक्षसहित दर्जनौं युवा एमालेमा प्रवेश



१२ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाबाट नेपाली काँग्रेसबाट वडाध्यक्ष विजय भएका नारायण घलेसहित ५० जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
साथै भट्टेडाँडा यास्पाका तरुण दलका अध्यक्ष जयराम थिङसहित २५ युवासहित ७५ भन्दा बढी नेपाली काँग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
एमाले बागमती गाउँपालिका इन्चार्ज साजन दर्लामी मगरका अनुसार आइतबार राती एमालेका प्रदेश सांसद चेतनाथ सञ्जेल,पार्टी बागमती गाउँ कमिटिका अध्यक्ष एबम गाउँपालिका अध्यक्ष उम्मेदवार नवराज सञ्जेल, जिल्ला कमिटी सदस्यहरु दुर्गाप्रसाद घिमिरे, नारायणप्रसाद तिमल्सिनालगायतले उनीहरुलाई टिका माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
पछिल्लो समय ५ दलीय गठबन्धनमा भागबण्डा नमिल्दा फुट बढ्दै गइर्हेको छ । गठबन्धनमा आफूपक्षीय नेता कार्यकर्तालाई च्यापेर लैजाने र अन्य गुटलाई बेवास्त ागर्ने प्रबृति बढ्दै गएको भन्दै सामाजिक सञ्जालमा असन्तुटि व्यक्त गर्नेहरु बढ्दै गइरहेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।