७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपनमा तारपिन तेल खन्याएर आगो लगाई श्रीमतीको हत्या



१२ वैशाख ०७९, काठमाडौं ।  काठमाडौंको कपनमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  गएराति बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रवीण चौधरीले आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेका हुन् ।

अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

स्थानीयले घाइते अवस्थामा फेला पारेर अस्मितालाई उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखुमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले प्रवीणलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।