३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकका निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए




१६ वैशाख ०७९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उमेरद्धारी दिएका थिए ।
प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई घाटा हुने सम्भावना देखेपछि आफूले फिर्ता लिएको बताए । ‘आम नगरबासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेद्वारीलाई फिर्ता गर्ने निर्णय गरेको छु । निश्चय पनि फुटेर कसैको भलो हुँदैन । अझ सामाजिक रुपान्तरण र समाजवादी यात्राका लागि एकजुट हुनपर्ने आजको आवश्यकता रहँदै आएको छ । माओवादी केन्द्रको तर्फबाट मेयरका सशक कृष्णप्रसाद सापकोटा ’देशबन्धु’ को गठबन्धनलाई साथ, सहयोग गर्ने प्रतिवद्धताका साथ आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।