२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वडालाई प्रविधिमैत्री बनाउने योजना अघि सार्दै थापामगर




१७ वैशाख ०७९, ललितपुर । नेकपा एमाले ललितपुर महानगर २ वडाध्यक्षका दावेदार पुरुषोतम थापा मगरले आफू वडाध्यक्षमा विजयी भए वडा कार्यालयलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन् ।
ल्लितपुरको सानेपा आसपास रहेको यो वडामा शिक्षित नागरिक बसोवास गर्ने भएकाले वडालाई प्रविधि मैत्री बनाएर पेपर लेस बनाउनु जरुरी रहेको थापाले बताए ।
थापाले भने, “हामीले यस वडालाई पेपर लेस बनाउँनेछौँ । वडाबाट गरिने सम्पूर्ण कार्य डिजिटल प्रविधि मार्फत अघि बढाइनेछ ।” सो वडाले झंसिखेल तथा ताँचलका साथै बल्खुको केही भाग पनि समेट्ने भएकाले वडालाई पेपरलेस बनाउदा धेरै कागजपत्रको खपत घट्ने र वडाको सरसफाईमा समेत सहयोग पुग्ने थापा मगरले बताए ।
ललितपुर महानगरपालिकाको वातावरणलाई व्यवस्थीत बनाउन आवश्यक सम्पूर्ण काममा ध्यान दिइने उनले दाबी छ । “यस अघि वडाबाट गर्नुपर्ने ८५ प्रतिशत काम सम्पन्न गरिसकेका छाँै । अब पनि ९० प्रतिशत माथिको काम सम्पन्न गर्नेछाँै”, उनले थने, “ यहाँका वडावासी एमालेका उम्मेदवारप्रति ज्यादै उत्साहित हुनुभएकाले विजतको निश्चितता भइसकेको छ ।”

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ३४ बजे