२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा एमाले उम्मेदवार व्यञ्जनकारको घरदैलो अभियान शुरु




१७ वैशाख ०७९, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयरका उम्मेदवार हरिकष्ण व्यञ्जनकारले आफ्नै टोल च्यासलबाट घरदैलो अभियान सुरु गरेका छन् । मेयरका दावेदार न्यञ्जनकारसँगै उमपेयरकी आकाक्षी मञ्जली शाक्य, वडाध्यक्ष का दावेदारहरु र वडासदस्य पदका उम्मेदवार घरदैलो अभियानमा शुरु गरेका छन् । अन्य दलले घरदैलौ कार्यक्रम शुरु नगर्दै एमालेका उम्मेद्धारले घरदैलो शुरु गरेका हुन ।
उनले भने, कला र संस्कृतिले भरिपूर्ण यो महानगरपालिकामा विभिन्न सम्भावना खोजि गरी जनतालाई रोजगारी प्रदान गर्न लक्ष्य छ ।’
यसैगरी उप मेयर पदको उम्मेदवार मञ्जली शाक्य (आस्था)ले महानगरवासीको हक अधिकार सुचिनिश्त गर्न आफूले आसन्न निर्वाचनमा भाग लिएको बताइन् । उनले भनिन, “हाम्रो सरकार आएमा कसैले पनि भौकै र नाङ्गै हुनुपर्ने छैन ।” सो पटक महानगरवासीले एमाल नै चाहेको हुँदा आफूहरुले राम्रो मतपरिणामको अपेच्छा समेत गरिरहेको शाक्यले बताइन् ।
उक्त क्रममा सो वडाका जनताका साथै उम्मेदवारले बोकेको एमाले झण्डाका कारण टौलनै रमझम देखिएको थियो ।
घर दैलोमा पुगेका उम्मेदवारहरुलाई सगुन र फुल मालाले स्थानीयहरुले स्वागत गरेका थिए ।
घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शुशिला नेपाल, जिल्ला कमिटि सचिवालय सदस्य केशवराज आचार्य, वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र महर्जन र ८ का अध्यक्ष राजमान महर्जनको सहभागिता रहेको थियो । करिब ४ घण्टा सम्म चलेको घरदैलो अभियानमा उम्मेद्धारले मन्दिरमा दर्शन समेत गरेका थिए । उनीहरुलाई वडाका टोल , समुह, गुठीका , ज्यापु समाजसंग आबद्ध व्यक्तिको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : २० बजे