९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हेटौँडा सडक नभत्काउने, बाइपास बनाउने : अध्यक्ष ओली




१८ वैशाख ०७९, हेटौडा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौँडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताएका छन् ।
हेटौँडामा जिफन्ट मकवानपुरले आयोजना गरेको कार्यक्रममा एसियन हाइवेमा पर्ने सडकखण्डअन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको अध्यक्ष ओलीले बताए ।
वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उनको भनाइ थियो । अध्यक्ष ओलीले ‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।