७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लुभुका गौतमलाई लुटपाट पश्चात हत्या गरी फरार अभियुक्त पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१९ वैशाख, ०७९, ललितपुर । काठमाडौं, लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका-१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना ब्यक्तिहरुले वैशाख २ गते लुटपाट पश्‍चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका-३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।