२० वैशाख ०७९, ललितपुर । आसन्न स्थानीय निर्वाचनको लागि भोट माग्न गोदावरी नगरपालिकाबाट नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका गम्भिरबहादुर राणा, उपमेयरकी उम्मेदवार रमि प्रधानाङ्गलगायतको टोली गोदावरी र बडिखेलको घर दैलोका पुगेको छ ।
म्ेयरका उम्मेदवार गम्भिर राणाले नगरलाई सम्मुन्नत बनाउन आफूले सबैको साथ खोजेको बताए । उनले भने, मैले विजय प्राप्त गरेपछि नगरका विषयविज्ञको सहयोग लिएर काम गर्नेछु ।
आफूहरु विजय भएपश्चात बेरोजगार युवा तथा महिलालाई स्वरोजगार बनाउने थुप्रै काम गर्ने भएको गोदावरी नगरपालिका उपमेयर पदका उम्मेदवार रमि प्रधानाङ्गले बताइन् ।
स्थननीयबासीको जीवनस्तर उकास्न आफूहरुले विभिन्न योजनाहरु अघि सारेको वडाध्यक्ष पदका उम्मेदवार श्रीराम आचार्यले बताएका थिए ।
ज्नातामा उत्साह छाएको देख्दा पार्टीले अत्यधिक मत ल्याएर विजय हासिल गर्ने वडा नं. ४ का वडाध्यक्षका उम्मेदवार राजनप्रसाद आचार्यको धारणा राखे ।
उम्मेदवारहरु घर आगनमा पुग्दा समर्थकहरुले फुलको गुच्छा र माला र खादा लगाएर स्वागत गर्दै विजयको लागि शुभकामना दिएका थिए ।
घर दैलो कार्यक्रमलाई साथ दिदै वाग्मती प्रदेश इन्चार्ज बाबुकाजी प्रधान, वाग्मती प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल, एमाले जिल्ला कमिटि अध्यक्ष पुरुषोतम आचार्य, गोदावरी लगायत बडिखेल वडा सदस्य पदका उम्मेदवारुका साथमा थुप्रै कार्यकर्ताले हिडेका देखिन्थे ।
२० बैशाख २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया