९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुरको लोडर दुर्घटना, तीन चिनियाँ नागरिकको मृत्यु तीन घाइते




२० वैशाख ०७८, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएको हो । उनका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।
यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।