९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी प्रचार-प्रसार अभियानमा



२० वैशाख ०७९, हेटौंडा। स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार-प्रसार अभियानमा लागेका छन् ।

मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका हुन् ।

निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रमस्थलसम्म पुगेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।