९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेको रोशी गाउँपालिकामा बस दुर्घटना, ५ जनाको मृत्यु



२१ वैशाख ०७९, काभ्रे । काभ्रेमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । काठमाडौंबाट भारतको उत्तरप्रदेशका लागि छुटेको युपी ५७ टी ८१८१ बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ ज ५२१० टाटासुमो रोशी गाउँपालिका वडा नम्बर ११ मा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार बसमा सवार तीर्थयात्रीहरु काठमाडौंमा पशुपतिनाथ दर्शन गरेर फर्कंदै थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।