७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट सुनौलो रंगको कछुवासहित एक युवक पक्राउ




२३ वैशाख ०७९, काठमाडौं । काठमाडौंबाट सुनौलो रंगको कछुवा सहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवा सहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका ८ घर भएका २३ वर्षीय आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री तथा ओसारपसार गरी ल्याई नगद २० लाख रुपैयाँमा कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।