१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विशङ्खु डाँडालाई पर्यटकीय क्षेत्र बनाउने पुस्करको योजना



मन्दिर नजिकैबाट देखिएको गोदावरी क्षेत्र । तस्व्रि ः ललितपुर खबर

२३ वैशाख ०७९, ललितपुर । एमाले गोदावरी नगर वडा नं. २ का उम्मेदवार पुस्कर गिरीले विशङ्खुका वस्तीलाई पर्यटकीय क्षेत्र बनाउने योजना अघि सारेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो टिम विजय भएमा सो क्षेत्रलाई पर्यटक मार्फत आकर्षित गर्ने उनले बताएका छन् ।
उनले भने, “यहाँका घरलाई होमस्टे, सामुदायिक वनमा सरकारी मापदण्ड अनुसारको सामुदायिक होटल तथा रिसोर्ट बनाउनेछौं ।”


विशंखुमा बालउद्यान, सामुदायिक विद्यालयमा सहुलियत शिशु स्याहार केन्द्र, निजी तथा सरकारी पाठ्यक्रममा गुणस्तर वृद्धि, भौतिक पूर्वाधार र उचित शिक्षक व्यवस्थापन, कर्मचारी तथा स्वास्थ्य स्वयं सेविकाहरुको स्तरवृद्धिको लागि तालिम तथा भ्रमण र आन्तरिक स्तरवृद्धि र तालिम दिने योजना बनाइरहेकोे गिरीले बताए ।
३ हजार ४ सय ६२ मतदाता रहेको यस वडामा विसं २०४८ सालदेखि एमालेले आएको छ ।
गिरीसँगै सो वडाबाट महिला सदस्यमा गिता सिलवाल, दलित महिला सदस्यमा निता विशुंखे, वडा सदस्य उम्मेदवार पदमा रमेश विष्टका साथै साने तामाङ्ग उम्मेदवार छन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।