२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काकाकुल झैं बनेको सिद्धिपुरका लागि पानीको श्रोत खोज्दै रोशन




२३ वैशाख ०७९, ललितपुर । महालक्ष्मी नगरका ललितपुरका जनतालाई काकाकुल हुनबाट जोगाउने पानीको श्रोत पहिचान गर्नतर्फ आफूहरु लागेको नेकपा एमालेका वडा नं. ६ का उम्मेदवार रोशन महर्जनले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) महालक्ष्मी नगरपालिका नं ६ सिद्धिपुरका वडाध्यक्ष पदका उम्मेदवार रोशन महर्जनले भने, “महालक्ष्मीमा रहेको खानेपानी स्रोतको पहिचान गरी विगत तीन देखि चार वर्ष अघिझै घर घरमा दैनिक पानी आउने व्यवस्था मिलाउनेछु ।
मेलाम्ची खानेपानी नपुगेपछि पछिल्लो समय यहाँ खानेपानीको अभाव छ ।


पछिल्लो समय बेरोजगारीको समस्या बढ्दै गएकाले उद्यमी बजेटमार्फत वडावासीको हितमा विभिन्न काम गर्ने वडाध्यक्षका उम्मेदवार महर्जनको योजना छ ।
वडामा खोलिएका होटल तथा ठूला व्यापार व्यवसायमा कम्तिमा पनि ३० देखि ४० प्रतिशत स्थानीय जनतालाई रोजगार प्रदान गरी गाँस, बास र कपासको समेत व्यवस्था पहल गर्ने उनले बताए ।
वडामा रहेका सांस्कृतिक क्षेत्र लोप हुने अवस्थामा पुगेकोले बजेट व्यवस्था गरेर संरक्षण गर्ने, खेतियोग्य जमिन संरक्षण गर्ने, खेतीलाई व्यवसायमुखी बनाउन पानी, औजार, मल र बीउ वडाले नै किसानलाई प्रदान गरी प्रोत्साहन समेत गर्ने उनको योजना छ ।
सोसँगै वडामा रहेका वृद्धहरुको पहिचान गरी सुचि बनाएर वृद्ध भत्ता भने घर घरमै पु¥याइने व्यवस्था मिलाइने महर्जनले घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।