१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा अघिल्लो निर्वाचनमा जितेका २९ वडाअध्यक्षमध्ये २२ जना फेरि चुनावी मैदानमा



२३ वैशाख ०७८, ललितपुर । ललितपुर महानगरमा अघिल्लो स्थानीय तहको निर्वाचनबाट जितेका २९ वडाअध्यक्ष मध्ये २२ जना वडाध्यक्षहरु फेरि चुनावी मैदानमा होमिएका छन् ।

२०७४ मा एमालेबाट जितेका १५ जना वडाध्यक्षहरुमध्ये १२ जना वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । एमालेबाट नै ७ जना दोहोर्‍याएर उठेका छन् ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट २ जना, स्वतन्त्रबाट ३ जनाले फेरि उम्मेदवारी दिएका हुन् ।

दोहोर्‍याएर वडाध्यक्षको उम्मेदवार हुनेमा एमालेबाट ४ नम्बरमा नारायण केसी ५ नम्बर वडाबाट विकासमान श्रेष्ठ, ११ नम्बरबाट इन्द्रमान महर्जन, १२ नम्बरबाट नारायणलाल अवाले, १७ नम्बरका विनोद महर्जन, २५ नम्बरमा विष्णुकुमार कार्की र २९ नम्बरमा गणेशकुमार महर्जन रहेका छन् ।

यस्तै वडा नम्बर २ मा राजेश कुमार महर्जन, वडा नम्बर ३ मा श्रीगोपाल महर्जन नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन् ।

यस्तै एमालेबाट वडाध्यक्ष जितेर अहिले १४ नम्बर वडामा रामबाबु महत, १८ नम्बर वडाध्यक्ष पुरुषोत्तम खड्का, र १९ नम्बर वडामा विनोद ताम्राकार स्वतन्त्र रुपमा उठेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट जितेका ९ जनामध्ये ६ जना दोहोर्‍याएर वडाध्यक्षमा उठेका छन् । जसमध्ये कांग्रेसबाट नै ४ जना र २ जना स्वतन्त्र उठेका छन् ।

कांग्रेसबाट जितेर फेरि दोहोर्‍याएर वडाध्यक्ष उठ्नेहरुमा १ नम्बर वडाध्यक्ष निर्मल तण्डुकार र १३ नम्बरमा गणेश केसी स्वतन्त्र रुपमा उठेका छन् ।

यस्तै कांग्रेसबाट नै ७ नम्बर वडाध्यक्ष कुलबहादुर शाक्य, ९ नम्बर वडाध्यक्ष राजु महर्जन, १६ नम्बरका वडाध्यक्ष निर्मल रत्न शाक्य, २० नम्बर वडाध्यक्ष चन्द्र लाल महर्जन छन् ।
यस्तै नेकपा माओवादी केन्द्रले जितेको ४ मध्ये ३ वटा वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । माओवादीले जितेका २१ नम्बर वडामा रविन्द्र महर्जन, २६ नम्बर वडामा सुरेश महर्जन र १८ नम्बरमा राजेश महर्जन फेरि वडाध्यक्षका उम्मेदवार भएका हुन् ।

अघिल्लो पटक १० नम्बर वडामा स्वतन्त्र उठेर जितेका नरसिंह व्यञ्जनकार फेरि उम्मेदवार बनेका छन् । ललितपुर महानगरमा जम्मा ५८७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १४७ जना वडाध्यक्षको उम्मेदवार छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ४६ बजे