२३ वैशाख ०७९, ललितपुर । नेकपा एमालेका गोदावरी नगरको १३ नम्बरका वडाध्यक्ष उम्मेदवार भाष्कर थापाले ललितपुरको बाँडेगाँउ झरुवाराशी सडक कालोपत्र गर्ने योजना अघि सारेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनको घरदैलो अभियानमा उनले बाँडेगाँउ झरुवाराशी सडक कालोपत्र गर्ने बताएका हुन् ।
वडामा आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार आदिको विषयमा थुप्रै काम गरिने गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले यस पल्टको निर्वाचनमा आफूले जित्ने अपेक्षा व्यक्त गरे ।
कागजी रुपमा भएको गठबन्दनले व्यवहारीक रुपमा भने कुनै पनि स्थानीयवासीलाई असर नगर्ने उनको दावी थियो ।
प्रतिक्रिया