
२६ वैशाख ०७९, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र राना पक्राउ परेका छन् ।
पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पक्राउ गरेको हो ।
अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको र घटनाको बारेमा जानकारी लिन रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीको भनाइ रहेका छ ।
अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ ।







प्रतिक्रिया