२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उठ्न छाड्यो काठमाडौंको फोहोर, चुनावसम्म सडकमै




२६ वैशाख ०७९, काठमाडौं । काठमाडौंमा उपत्यकाको फोहोर पुनः उठ्न छाडेको छ । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोर उठाउन नपाउँदै फेरि फोहोर उठ्न छाडेको हो ।
चुनावअघि सडकको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजनामा धक्का लागेको छ । तर, फोहोर उठाउन तीव्रता दिएलगत्तै अब ३० वैशाखको चुनावसम्म फोहोर उठाउन नसक्ने अवस्था देखिएको हो ।

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिबारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको थियो ।

तर, सिसडोलस्थित ल्यान्डफिल साइटमा महानगरपालिकाले चलाइरहेका मेसिनहरु बिग्रिएपछि सोमबारबाट फोहोर विसर्जन अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ३९ बजे