९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, इन्जिन फेल



२८ वैशाख ०७९, काठमाडौँ । श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट धनगढीको लागि उडेको श्री एयरलाईन्सको SHA223 नम्बरको जहाज इन्जिनमा प्राविधिक समस्या आएपछि पुन: काठमाडौँ नै आएर ल्याण्ड गरेको हो ।

जहाजको इन्जिन फेल भएकोले काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरेको विमानस्थलले जनाएको छ । जहाजमा ८७ जना सवार थिए । काठमाडौँबाट ११:५५ मा उडेको जहाज १२:१० मा पुन: काठमाडौँ ल्याण्ड भएको हो ।

उक्त जहाजलाई आकष्मिक अवतरण गराउनु पर्ने भए पछि अन्य जहाजहरुलाई होल्ड गरिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।