९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा कांग्रेसले खोल्यो खाता,मध्यपुर थिमीमा वडाध्यक्ष विजयी




३१ वैशाख ०७९, भक्तपुर । भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो ।
उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् । जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ । चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।