१ जेठ ०७९, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र काँग्रेस माओवादी गठबन्धनको तिव्र प्रतिश्पर्धा भएको छ ।
नगरपालिकाले उपलव्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् । भने उनका निकटम प्रतिश्पर्धी शिव कट्टेलले ४ सय ८ मत पाएको छन् ।
गठबन्धन र एमालेबीचको मतान्तर भने फराकिलो देखिएको छ ।
एमालेकी उपमेयर विना सुवेदीले ४ सय ६९ मत पाएकी छिन् । गठबन्धनकी उपमेयर लक्ष्मी महर्जने ३ सय ४६ मत पाएकी छिन् ।
महालक्ष्मी नगरपालिकामा काँग्रेस माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धनको उम्मेदवार नेकपा माओवादीका नेता शिव कट्टेल उठेका थिए भने उपमेयरमा नेपाली काँग्रेसकी नेतृ लक्ष्मी महर्जनलाई उठाइएको थियो ।
पछिल्लो समय नगरपालिकाको १ नम्बर वडा इमाडोल(हात्तिबन, वालकुमारी नजिक) गणना भइरहेको छ । मतगणना सुस्त गतिमा भइरहेको पार्टीका प्रतिनिधिहरुले गरेका छन् । वडा नं. १ को अन्तिम नजिता १ बजेभित्र आउने बताइएको छ ।
प्रतिक्रिया